
काठमाडौं, जेठ १८ । डोनाल्ड ट्रम्पलाई न्युयोर्कमा भएको ऐतिहासिक आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटा मुद्दामा दोषी ठहर गरिएको छ ।
कुनै पूर्व वा सेवारत अमेरिकी राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरिएको यो पहिलो पटक हो । उनलाई ११ जुलाईमा सजाय सुनाइने छ । दुई दिनसम्म चलेको सुनुवाइ पछि जुरीले ट्रम्पलाई दोषी ठहर्याएको सीएनएनले जनाएको छ ।
नोभेम्बरको चुनावमा जो बाइडेनलाई हराउन र ह्वाइट हाउसमा फर्कने अभियान चलाउँदा यो फैसला आएको हो । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचन अघि पोर्नस्टार स्टोर्मी डेनियल्ससँग यौन सम्बन्ध राखेको र उनलाई चुप लगाउन अनधिकृत रुपमा रकम दिएको आरोप ट्रम्पमाथि थियो । सो आरोप माथि न्युयोर्कको ट्रयाल ९जिल्ला० अदालतमा ट्रम्पको मुद्दा चलेको थियो ।
सो मुद्दामा जुरी ट्रायल भएको थियो । १२ जनाको स्वतन्त्र जुरीले हस् मनि लगायत उनी विरुद्धको व्यापार व्यवसाय सम्बन्धित गलत वित्तीय विवरण तथा कार्यका सबै ३४ मुद्दामा दोषी ठहर गरेको छ । करिब ६ हप्ता चलेको यो बहसले अन्ततः पूर्व राष्ट्रपति ट्रम्पलाई फौजदारी कसुरमा दोषी ठहर गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे