
काठमाडौं । नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आइतबार सपथग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनको सपथग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि तय गरिएको छ।
शितल निवासमा आयोजना हुने उक्त कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने जनाइएको छ।
प्रतिनिधिसभाको सभामुख चयन प्रक्रियाअन्तर्गत तोकिएको समयसीमाभित्र अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए। रवि लामिछाने प्रस्तावक र सोही दलका सांसदहरू सोविता गौतम, डा स्वर्णिम वाग्ले तथा सुनील लम्साल समर्थकका रूपमा रहेका थिए।
रहेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे