
काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयहरूसँग छलफल गर्न थालेको छ। आजको छलफल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गरिएको हो।
बैठकमा दलित समुदायको परम्परागत सीप र पेशालाई संरक्षण गर्दै रोजगारी र आम्दानी बढाउने कार्यक्रमबारे कुरा भयो। यस अन्तर्गत आधुनिक प्रविधि प्रयोग गरेर तालिम दिने र बनाइएका सामानलाई बजारमा बिक्री गर्न सहयोग गरिने छ।
त्यस्तै, काठमाडौं उपत्यकामा रहेका उद्योगलाई प्रदूषण घटाउने उद्देश्यले उपत्यका बाहिर सार्ने र तिनीहरूलाई विशेष सहुलियत दिने विषयमा पनि छलफल भयो।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तर परीक्षण प्रयोगशाला बनाउने, झापा, मकवानपुर र चितवनमा आधुनिक औद्योगिक क्षेत्र बनाउने योजनाबारे पनि छलफल भएको हो।
बैठकमा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलसहित अर्थ र उद्योग मन्त्रालयका प्रमुख अधिकारीहरू सहभागी थिए। अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरूसँग पनि यस्ता छलफल गर्दै जानेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे