
एजेन्सी – छैटौँ बिमस्टेक शिखर सम्मेलनको अवसरमा नेपालकी परराष्ट्रमन्त्री अर्जुना राणा देउवा र श्रीलङ्काका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री अरुण हेमाचन्द्रबीच अर्थपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
सो अवसरमा नेपाल–श्रीलङ्का सम्बन्ध सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान गरिएको छ। विशेषगरी, कूटनीतिक तथा पर्यटन आदान–प्रदान, हवाई सम्पर्क विस्तार तथा व्यापार प्रवर्द्धनका सम्भावनाहरूबारे छलफल भएको छ।
बैठकलाई फलदायी बनाउँदै दुवै पक्षले आपसी सहयोग अभिवृद्धि गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे