• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २९, सोमबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार

५६ मिनेट अघि
२

काठमाडौँ महानगरले अनावश्यक प्रशासनिक खर्च घटाएर विकासमा जोड दिएको छ:बालेन शाह

१ घण्टा अघि
३

सचिव पदको उम्मेदवार नबन्ने लेखराज भट्टको घोषणा

३ घण्टा अघि
४

फागुन २१ मा हुने निर्वाचनको तयारी कार्यतालिका अनुसार भइरहेको छ: गृहमन्त्री अर्याल

४ घण्टा अघि
५

पुस महिनाका लागि बैंकहरूले थप घटाए ब्याजदर

४ घण्टा अघि
६

गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनमा राष्ट्र बैंकको कडाइ, धितो सकारमा तीन पटक लिलामी अनिवार्य

४ घण्टा अघि
७

सालपा विकास बैंकको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन दिने आज अन्तिम दिन

४ घण्टा अघि
८

उदयपुरको हँडियामा जङ्गली हात्तीको उपद्रो, रातिराति गाउँ पस्दै अन्नबाली नष्ट

५ घण्टा अघि
९

सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ

५ घण्टा अघि
१०

एमाले ११औँ महाधिवेशनः आज उम्मेदवारी दर्ता

६ घण्टा अघि
११

अष्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो

६ घण्टा अघि
१२

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भण्डारीलाई सदस्यताबाट हटायो

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० चैत्र ९, शुक्रबार (१ साल अघि)

नेपालका ठूला पूर्वाधार परियोजनाबारे अर्थमन्त्री पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच छलफल

  • 1,410 Views
  • काठमाडौँ, ९ चैत ।अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालको महत्वपूर्ण पूर्वाधार परियोजनाबारे छलफल भएको छ । अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजर, अकिहिको निसियो र गुआन्जे चेनबीच भर्चुअल भेटवार्ता भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

    बैठकमा नेपालस्थित एसियाली विकास बैंक (एडिबी)का निर्देशक अर्नो कोसवा र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यसैगरी अर्थसविच कृष्णहरि पुष्कर, राजस्व सचिव डा रामप्रसाद घिमिरे, सहसचिव उत्तरकुमार खत्री, रितेशकुमार शाक्य, श्रीकृष्ण नेपाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि उपस्थिति थियो । बैठकमा नेपाल र विश्व बैंकबीचको आगामी पाँच वर्षका लागि साझेदारीको खाका, माथिल्लो अरुण जलविद्युत् आयोजना र दूधकोशी जलाशय आयोजनाको प्रगतिबारे छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

    रुपान्तरणकारी परियोजनाका रुपमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६१ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाबारे छलफल भएको जनाइएको छ । सो आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण ऋण तथा नागरिक लगानी कोष, विभिन्न स्वदेशी बैंक र सर्वसाधारणसमेतको मिश्रित लगानीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण कार्य अघि बढ्ने जनाइएको छ । आयोजना निर्माणका लागि प्राधिकरणले अपर अरुण जलविद्युत् लिमिटेड स्थापना गरेको छ । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण भई परामर्शदातासमेत छनौट भइसकेको छ । उक्त आयोजनाका लागि विश्व बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापनको टुङ्गो आगामी असारभित्रै लगाउने तयारी छ ।

    हिउँदमा दैनिक छ घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी सो आयोजनाको डिजाइन तयार भएको छ । आयोजनाको अनुमानित लागत एक अर्ब ३८ करोड अमेरिकी डलर (हालको सटही दरअनुसार करिब रु एक खर्ब ६१ अर्ब बराबर) छ । सोमध्ये ७० प्रतिशत विदेशी र ३० प्रतिशत स्वदेशी लगानी रहने ढाँचा तयार गरिएको छ । आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुने अपेक्षा गरिएको छ ।

    त्यसैगरी दूधकोशी नदीमा जलाशय निर्माण गरी खोटाङको रावाबेंसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेस्थित रँबुवाघाटमा छ सय ३५ मेगावाट जलविद्युत् उत्पादन गर्ने योजना छ ।

    भर्चुअल बैठकमा अर्थमन्त्री पुनले ठूलोमध्येको एक अन्तर्राष्ट्रिय विकास साझेदारका रुपमा नेपालको आर्थिक विकासमा पु-याउँदै आएको योगदानका लागि विश्व बैंकलाई धन्यवाद दिए । नेपालमा यातायात, सहरी विकास, कृषि, वन, वातावरण, रोजगारीलगायत पूर्वाधार क्षेत्रमा विश्व बैंकको लगानीमा विकास आयोजना अघि बढेको जानकारी दिँदै उनले विभिन्न कारणले ती आयोजनाको प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे । यद्यपी, ती आयोजनाका कामलाई तीव्रता दिन आफू प्रतिबद्ध रहेको अर्थमन्त्री पुनको भनाइ छ ।

    नेपालले हरित उत्थानशील समावेशी विकासको मान्यता आत्मसात् गरेको पनि अर्थमन्त्री पुनले बताए । उनले पूर्वाधारका आयोजनामा हरित वित्तको अभिवृद्धिका लागि विश्व बैंकसँग आग्रह गरे ।

    विश्व बैंकका उपाध्यक्षसहितका पदाधिकारीले नेपालसँगको सहकार्य उत्साहजनक रहेको बताउँदै माथिल्लो अरुण जलविद्युत् आयोजनासहित पाइपलाइनमा रहेका आयोजनाबारे धारणा राखेका थिए । अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) ले कार्यक्रम सञ्चालन गरेको अन्य मुलुकको तुलनामा नेपालको ऋण जोखिम कम रहेको भन्दै उनीहरुले सहुलियतपूर्णबाहेकका ऋणसमेत उपभोग गर्न नेपाललाई आग्रह गरे ।

    मन्त्री पुनले राजस्व परिचालनमा ढिलासुस्ती र आर्थिक अभावका कारण दिगो विकास लक्ष्यको कार्यान्वयन, पूर्वाधार र जलवायु अनुकुलनमा स्रोतको ठूलो खाडल देखिएको बताए । उनले विकास साझेदारहरूले सहयोग अभिवृद्धि गरी नेपालको आर्थिक पुनरुत्थानको प्रयासमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे। छलफलमा रेजर दक्षिण एसियाका उपाध्यक्ष, विकास वित्तका लागि निसियो उपाध्यक्ष र पूर्वाधारका लागि गुआन्जे चेनलगायत तीन विश्व बैंकका उपाध्यक्षको सहभागिता रहेको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार
    ५६ मिनेट अघि

  • २

    काठमाडौँ महानगरले अनावश्यक प्रशासनिक खर्च घटाएर विकासमा जोड दिएको छ:बालेन शाह
    १ घण्टा अघि

  • ३

    सचिव पदको उम्मेदवार नबन्ने लेखराज भट्टको घोषणा
    ३ घण्टा अघि

  • ४

    फागुन २१ मा हुने निर्वाचनको तयारी कार्यतालिका अनुसार भइरहेको छ: गृहमन्त्री अर्याल
    ४ घण्टा अघि

  • ५

    पुस महिनाका लागि बैंकहरूले थप घटाए ब्याजदर
    ४ घण्टा अघि

  • ६

    गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनमा राष्ट्र बैंकको कडाइ, धितो सकारमा तीन पटक लिलामी अनिवार्य
    ४ घण्टा अघि

  • ७

    सालपा विकास बैंकको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन दिने आज अन्तिम दिन
    ४ घण्टा अघि

  • ८

    उदयपुरको हँडियामा जङ्गली हात्तीको उपद्रो, रातिराति गाउँ पस्दै अन्नबाली नष्ट
    ५ घण्टा अघि

  • ९

    सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ
    ५ घण्टा अघि

  • १०

    एमाले ११औँ महाधिवेशनः आज उम्मेदवारी दर्ता
    ६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

    नेपाल नक्सा
    २

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ३

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

    नेपाल नक्सा
    ४

    डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने तयारीमा देउवा

    नेपाल नक्सा
    ५

    सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

    नेपाल नक्सा
    ६

    सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution