
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुख चयनका क्रममा बार्गेनिङ नगर्न चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘छलफल गरौं, तर सौदाबाजी नगरौं’ भनेका छन्।
आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपसभामुखका लागि उम्मेदवारी दर्ता हुँदैछ भने सूची आजै साढे २ बजे सार्वजनिक गरिनेछ। निर्वाचन भने भोलि हुनेछ। यसअघि सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन्। उपसभामुखमा भने महिला सांसद मात्र उम्मेदवार बन्न पाउने व्यवस्था छ।
सत्तारूढ रास्वपाभित्र कसलाई समर्थन गर्ने भन्नेमा मतभेद देखिएको छ। केही नेताहरू राप्रपालाई समर्थन गर्न चाहन्छन् भने प्रधानमन्त्री बालेन शाह श्रम संस्कृति पार्टीको पक्षमा देखिएका छन्। अन्य दलहरूले पनि आफ्नो दाबी प्रस्तुत गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे