
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा दिपचन्द्र रेग्मी भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले सञ्चालकको अध्यक्षमा हाल क्यापिटलकै सञ्चालक रहेका रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।
रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन् । उनले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा १७ वर्षभन्दा बढीको अनुभव छ ।
उनी सन् २००९ मा ग्लोबल आईएमई बैंक लिमिटेडमा प्रवेश गरेका थिए । हाल उनी बैंकको नायब महाप्रबन्धक हुन् । उनी मानव संसाधन निरीक्षण प्रमुख तथा प्रमुख कर्जा अधिकृतको रूपमा कार्यरत छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे