
काठमाडौं। मलेसियामा बसोबास गर्ने नेपालीहरूले अब सिबिएल मनी ट्रान्सफरको सिटी रेमिट एप्लिकेशन र माउन्टेन बैंक लिमिटेड (एमबिएल) को साझेदारीमा सञ्चालित एमबिएल रेमिट सेवा मार्फत नेपालमा आफ्ना परिवारजनहरूलाई छिटो, सुरक्षित र सुविधाजनक रुपमा रकम पठाउन सक्ने भएका छन्।
यो डिजिटल सेवाले मलेसियाबाट नेपालसम्म रकम पठाउन धेरै सजिलो बनाएको छ। प्रयोगकर्ताहरूले सिटी रेमिट एप्लिकेशनको माध्यमबाट मात्र नेपालका कुनै पनि बैंक वा वित्तीय संस्थामा रकम सिधै पठाउन सक्छन्।
एमबिएलका प्रतिनिधिले भने, “हाम्रो एमबिएल रेमिट सेवा र सिबिएल मनी ट्रान्सफरको साझेदारीले विदेशमा रहेका नेपालीहरूका लागि रकम पठाउने प्रक्रियालाई अझै पारदर्शी र सजिलो बनाएको छ। यो सेवा पूर्ण रुपमा डिजिटल र सुरक्षित छ।”
यस सेवाका प्रमुख विशेषताहरू:
दिनरात (२४/७) रकम पठाउने सुविधा
कम शुल्कमा छिटो लेनदेन
पूर्ण डिजिटल प्रक्रिया
नेपालभर कुनै पनि बैंकमा पठाउन सकिने
सुरक्षित र पारदर्शी लेनदेन
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे