
काठमाण्डौ । फुलब्राइट लेक्चर सिरिज अन्तर्गत फुलब्राइट अलुम्नाइ एसोसिएसन नेपाल (FAAN) ले “डिजिटल इन्टेलिजेन्स” शीर्षकमा एक सत्र आयोजना गरेको छ। कार्यक्रममा डिजिटल साक्षरता, साइबर सुरक्षा, गलत तथा भ्रामक सूचना, र आर्टिफिसियल इन्टेलिजेन्सका नैतिक प्रयोगसम्बन्धी विषयमा गहन छलफल भएको थियो।
सत्रमा अमेरिकी दूतावासकी प्रवक्त्ता जेहरा नक्भी, अमेरिकी सरकारकी अलुम्नाइ पत्रकार भृकुटी राई, र अधिवक्ता जोनी मैनाली सम्मिलित महिला प्यानल रहेको थियो। छलफलका क्रममा जेहरा नक्भीले अमेरिकी दूतावासले सूचना विश्वसनीयता प्रवर्द्धन गर्न अनुदान, एक्सचेन्ज कार्यक्रम, कार्यशाला, तालिमहरू तथा स्थानीय र अन्तर्राष्ट्रिय संगठनहरूसँग सहकार्य गरेर प्रेस स्वतन्त्रतालाई सुदृढ पार्ने प्रयासहरूबारे आफ्नो धारणा व्यक्त गरेकी थिइन्।
यसैगरी, पत्रकार भृकुटी राईले भ्रामक सूचनाको प्रभाव र यसको न्यूनीकरणका लागि जिम्मेवार पत्रकारिताको भूमिकामाथि प्रकाश पारेकी थिइन्। अधिवक्ता जोनी मैनालीले साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्सका नैतिक प्रयोगका कानुनी पक्षबारे आफ्नो विचार राखेकी थिइन्।
कार्यक्रममा सहभागीहरूले प्रस्तुत विचारहरूलाई डिजिटल युगमा सामना गरिएका चुनौतीहरूको समाधानका रूपमा लिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे