
डिजी स्कूल ग्लोबलले चंगा चेट कार्यक्रम आयोजना गरेको छ। सेप्टेम्बर १ देखि २५ सम्म सञ्चालन भएको प्रतियोगिता झण्डै तीन सातासम्म चलेको थियो।
प्रतियोगिताको विषयवस्तु ूनेपालमा चाडपर्वू थियो, जसमा धेरै विद्यालयहरूबाट एक हजार भन्दा बढी रचनात्मक परियोजनाहरू प्रस्तुत गरिएको थियो। पुरस्कार वितरण समारोह भने २६ नोभेम्बरमा आयोजना गरिएको थियो।
कार्यक्रममा पुरस्कार वितरण गरिनुका साथै, क्ष्यत् परियोजना प्रदर्शन, र अभिभावक, प्रिन्सिपल र शिक्षकहरूबीच अनुभव छलफल गरिएको थियो। विजेता घोषणा आश्विन ९ गते गरिएको थियो ।
यसबाहेक, एक्सप्लोरर, नेभिगेटर (१ र २), नेभिगेटर (३ र ४), र ट्रेलब्लाजर गरी चार विधामा यी प्रत्येक विधाबाट कुल चारजना विजेता चयन गरिएको थियो।
डिजी स्कूल ग्लोबलले वर्षभरि आयोजित आफ्ना पाठ्यक्रमहरू र असंख्य कार्यशालाहरू मार्फत विद्यार्थी र शिक्षकहरूलाई सशक्तिकरण गर्दै आएको छ।
यसैबीच, वार्षिक अन्तर विद्यालय प्रतियोगिताको एक भागको रूपमा, चाङ्गा चेट कार्यक्रमले विद्यार्थीहरू बीचको रचनात्मकताको व्यापक दायरा प्रकट गर्ने संस्थानको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे