
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सरकारले विदेशी ऋण लिने निर्णयप्रति आपत्ति जनाएकी छन्। सोमबार प्रतिनिधि सभा बैठकमा उनले सरकारले कुन आधारमा ऋण लिएको हो भन्ने स्पष्ट जवाफ दिनुपर्ने प्रश्न उठाइन्।
उनले भनिन्, ‘हाम्रो संसद् अझै शिशु अवस्थामा छ। संसदीय समिति र उपसमितिहरू बनेका छैनन्। यस्तो अवस्थामा सरकारले निर्णय पारदर्शी हुने आशंका कम छ। ऋण हामीले माग गरेका थियौँ कि प्रस्ताव आएको थियो, सरकारले स्पष्ट जवाफ दिनुपर्छ।’
सांसद ओलीले मध्यपूर्वको तनावले जनताको दैनिक जीवन र भान्छामा असर परेको उल्लेख गर्दै पेट्रोलियम पदार्थमा कर घटाएर नागरिकलाई राहत दिन पनि आग्रह गरे। मन्त्रिपरिषद् बैठकले एशियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर र दिगो र समावेशी वित्त परियोजनाका लागि ९५ मिलियन अमेरिकी डलर बराबरको ठूलो सहुलियत ऋण स्वीकार गरेको छ .
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे