
काठमाडौँ । धुलिखेल अस्पतालले दुई महत्वपूर्ण संयोजक पदमा नयाँ जिम्मेवारी दिने निर्णय गरेको छ। अस्पतालले हरी रञ्जितकारलाई सामान्य सेवासम्बन्धी संयोजक तथा श्रीजेष पराजुलीलाई रोगी सेवा संयोजक पदमा नियुक्त गरेको छ।
अस्पताल प्रशासनका अनुसार, रञ्जितकारले सुरक्षा सेवा, धुनपखाल्ने (लन्ड्री) सेवा तथा अन्य सामान्य सेवा व्यवस्थापनमा समन्वय गर्ने जिम्मेवारी पाउनेछन्। उनी अस्पतालभित्र आवश्यक जनशक्ति, स्रोत र साधनको कार्यकुशल उपयोग गर्दै गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिने अपेक्षा गरिएको छ।
त्यस्तै, पराजुलीले रोगी सेवा संयोजकको रूपमा विभिन्न विभागहरूसँग सहकार्य गर्दै सेवा प्रवाहलाई सहज, छिटो र गुणस्तरीय बनाउन भूमिका निर्वाह गर्नेछन्। रोगीको हकहित र अस्पतालको समग्र सेवा गुणस्तरलाई थप मजबुत बनाउने उनको मुख्य जिम्मेवारी रहनेछ।
धुलिखेल अस्पतालले दुबै संयोजकको अनुभव, प्रतिबद्धता र कार्यशैलीले संस्थागत विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, अस्पतालले उनीहरूलाई आगामी कार्यकाल सफल र फलदायी होस् भनी शुभकामना पनि व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे