
काठमाडौँ, २४ असार । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूले पाएको सरकारी गाडी बेचेर रोलर किन्ने घोषणा गर्नुभएको छ ।
मेयर साँपाङले सामाजिक सञ्जाल मार्फत उक्त घोषणा गरेका हुन् । उनले गाडी बेचेर रोलर किन्ने प्रस्ताव कार्यपालिकाको बैठकले समेत पारित भईसकेको समेत जानकारी दिएका छन् ।
‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो !, ‘उनले भनेका छन्, ‘आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ ! जय धरान !
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे