
धनगढी– धनगढी उप-महानगरपालिका वडा नं. १८, फुलवारी “ई” गाउँ निवासी स्व. सुदन ओझाज्यूको देहावसान पछि, उहाँको दाह संस्कार गर्नु अघि परिवारका सदस्यहरूले नगर प्रहरीलाई नि:शुल्क टोल फ्री सम्पर्क नं. १८१०५००००९० मा जानकारी गराए।
यस सूचना प्राप्त गरेपछि नगर प्रहरीको टोलीले स्व. सुदन ओझाको घरमा पुगेर नगर उप-महानगरपालिकाको तर्फबाट र नगरवासीहरूको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै सलामी दिएको छ। नगर प्रहरीको उपस्थिति र श्रद्धाञ्जलीले स्व. ओझाको परिवारलाई सहानुभूति र सम्मान प्रदान गरेको छ।
धनगढी उप-महानगरपालिकाका तर्फबाट र नगरवासीहरूको तर्फबाट स्व. सुदन ओझाज्यूको आत्मा चिर शान्ति को कामना गरिएको छ। उहाँको योगदान र सम्झनामा श्रद्धाञ्जली समर्पित गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे