
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दमकमा निर्माण भएको टावरबारे भइरहेको विरोधलाई “नबुझाइको परिणाम” भएको टिप्पणी गरेका छन्। सोमबार झापामा स्थानीय मतदातासँगको अन्तरक्रियामा उनले आफूले देश र जनताको हितमा सुरु गरेका विकास आयोजनाहरूलाई राजनीतिक कारणले अवरोध गर्ने प्रवृत्ति रहेको गुनासो गरे।
अध्यक्ष ओलीले दमकमा बनेको संरचना सामान्य भ्यू–टावर नभई व्यवसायिक कम्प्लेक्स र आईटी हबका रूपमा विकास गर्ने अवधारणाअनुसार अघि बढाइएको स्पष्ट पारे। “यो म वा कुनै एक परिवार बस्न बनाइएको होइन, दामकको समग्र विकासका लागि हो,” उनले भने। विरोध गर्नेहरूले परियोजनाको उद्देश्य नबुझेको दाबी गर्दै उनले दीर्घकालीन आर्थिक गतिविधि र रोजगारी सिर्जनाका लागि यस्तो पूर्वाधार आवश्यक रहेको बताए।
ओलीले रेल र पानीजहाजजस्ता ठूला परियोजनाको उदाहरण दिँदै आफूले काम सुरु गर्दा सरकार ढाल्ने राजनीतिक खेल दोहोरिने गरेको आरोप लगाए। “अलिकति कामको नतिजा देखिन थालेपछि षड्यन्त्र गरेर सरकार ढालिन्छ,” उनले भने, “यही कारण नेपालमा एक कार्यकालको काम पूरा गर्न पटक–पटक प्रधानमन्त्री हुनुपर्ने अवस्था बनाइयो।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे