
काठमाडौँ, ११ पुस । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्ने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्रिको रुपमा माओवादी केन्द्रका पुष्पकमल दाहल (प्रचण्ड) लाई नियुक्त गरेपछि निवर्तमान प्रधानमन्त्रि देउवाले बालुवाटारमा रहेको सरकारी निवास छाड्न लागेका हुन्।
हिजो सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड प्रचण्ड प्रधानमन्त्रिमा नियुक्त भएका थिए ।देउवको बुढानीलकण्ठस्थित निजी निवास सरसफाइ र मर्मतको काम भइरहेको छ ।
प्रचण्डको शपथअघि नै देउवाले बालुवाटार छोड्ने तयारी गरेको बुझिएको छ । हिजो प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज बेलुकी ४ बजे शपथ लिने कार्यक्रम छ । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे