
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो समयपछि भेटवार्ता भएको छ। शुक्रबार अपराह्न देउवाको महाराजगञ्जस्थित निवासमा भएको भेटमा वर्तमान राजनीतिक स्थिति र संसद पुनःस्थापनाबारे छलफल भइरहेको बताइएको छ।
ओलीका प्रेस विज्ञ रामशरण बजगाईँका अनुसार यो भेटवर्र्ता निकै महत्वपूर्ण मानिएको छ, किनकि जेनजी आन्दोलनपछि दुबै पूर्वप्रधानमन्त्री पहिलोपटक अनौपचारिक रूपमा भेटिएका हुन्। भेटमा देउवाकी श्रीमती डा. आरजु राणा र ओलीकी श्रीमती राधिका शाक्य पनि उपस्थित थिए।
दुवै नेताले अहिलेको राजनीतिक तनाव र समाधानका उपायबारे कुराकानी गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे