
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुरका लागि प्रस्थान गर्दै छन्। राति ९ बजे उनी आफ्नी पत्नी आरजु राणासहित थप उपचारको लागि सिंगापुर जाने कार्यक्रम रहेको छ।
भदौं २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि भएको हिंसात्मक आक्रमणपछि उनीहरूलाई सुरक्षाकर्मीले उद्धार गरी सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएका थिए। कांग्रेसका नेताहरूका अनुसार देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे