
काठमाडौँ । जेनजी आन्दोलनको घटनापछि पहिलोपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सार्वजनिक भएका छन्।
गत २४ भदौमा बुढानीलकण्ठमा आन्दोलनकारीको आक्रमणमा परेर टाउकोमा १२ वटा टाँका लगाएका देउवा त्यसपछि बाहिर देखिएका थिएनन्। आज उनी पत्नी आरजु राणासँगै पार्टीको सानेपास्थित केन्द्रीय कार्यालय पुगेका हुन्।
देउवा दम्पती पार्टी कार्यालय पुग्दा सानेपामा कडा सुरक्षा गरिएको थियो। त्यहाँ बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा पनि गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे