
काठमाडौँ । सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढाथोकीका अनुसार सुनार बिहान बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका थिए। सुनारसँगै सुतेका अन्य थुनुवाले उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरेका थिए।
सुनार हिरासतमा ७८ दिनदेखि थिए र चार दिनअघि मुद्दा सरकारी वकिल कार्यालयमा पुगेको थियो। प्रहरीले हिरासतको सीसीटीभी फुटेज परीक्षण गर्दै थप अनुसन्धान सुरु गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे