
काठमाडौँ, पुस २७ । चिसो बढेसँगै विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार यो वर्ष २५ हजार ३७ जना स्वदेशी तथा विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेर फर्किएका छन् । जुन गत वर्षभन्दा ७० प्रतिशत बढी रहेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा सात हजार ४६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए । चालू आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा २५ हजार २९ जना पर्यटक भ्रमण सकेर फर्किएका छन् ।
निकुञ्जका सूचना अधिकारी मनोज मण्डलका अनुसार चिसो छल्न खुम्बु छाड्नेको सङ्ख्या बढेसँगै अहिले सगरमाथा क्षेत्र सुनसान बन्न थालेको छ । उहाँले भन्नुभयो, “गत वर्ष मङ्सिर १८ गते भारी हिमपात सुरु भए पनि यस पटक हिमपात अझै सुरु नहुँदा दैनिक एक÷दुई समूह पर्यटक अनुमति लिन आउने गरेका छन् । स्थानीयसमेत खुम्बु क्षेत्रबाट काठमाडौँलगायतका ठाउँमा फर्कने क्रम बढेको छ ।”
यस क्षेत्रका नागरिकको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले ‘सिजन’ सकिएसँगै व्यवसायी आगामी फागुनमा फर्किने गरी सगरमाथा क्षेत्रबाट बाहिरिन थालेको उहाँको भनाइ छ । आजको गोरखापत्र दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे