
काठमाडौँ । मधेश प्रदेशकी उपसभामुख बबिता कुमारी राउत ईशरले पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय बदर गर्नुभयो। सभामुखले जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० बैठकमा अनुपस्थित रहेकाले पद खोसिएको घोषणा गरेका थिए।
उपसभामुख ईशरले विज्ञप्ति जारी गर्दै सो कारबाही प्रतिशोधपूर्ण भएको आरोप लगाउनुभयो। उनका अनुसार उक्त पाँचै सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेका थिए। साथै सभामुखविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव उपसभामुखसमक्ष पेश भइसकेको र छलफलका लागि मिति तोकिएको नभएको अवस्थामा, सोही प्रस्तावको प्रतिक्रियारूपमा आवेगमा लिएर पदमुक्त गर्ने निर्णय गरिएको उल्लेख विज्ञप्तिमा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे