
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना केन्द्रीय विभागीय संरचनामा हेरफेर गरेको छ। बुधबार बसेको सचिवालय बैठकले विभिन्न विभागका प्रमुखहरूमा मनोनयन तथा जिम्मेवारीको पुनः बाँडफाँट गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
नयाँ निर्णयअनुसार, अर्थ विभाग प्रमुख रहेका डा. स्वर्णिम वाग्ले अब नीति तथा विचार विभागको प्रमुखको जिम्मेवारीमा रहनेछन्। सो विभागमा सन्तोष परियार उपप्रमुखको रूपमा नियुक्त भएका छन्।
अभियान तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी कार्यवाहक प्रवक्ता मनिष झालाई दिइएको छ भने कृषि विभागको नेतृत्व अब चितवनका राजन गौतमले गर्नेछन्।
पार्टीले सांगठनिक सुदृढीकरण र कार्यक्षमता अभिवृद्धिका लागि विभागीय संरचना पुनः व्यवस्थापन गरेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे