
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीको भ्रमण राजकिय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो सो विषय संसदमा जानकारी गराउनुपर्ने बताउनुभयो ।
सांसद ज्ञवालीले भ्रमणका क्रममा कुनै समझदारी हुने, नहुने विषयमा पनि बेखबर रहेकाले सो विषयमा स्पष्ट पार्नुपर्ने बताउनुभयो ।‘भ्रमण राजकिय हो कि ? आधिकारिक हो कि ? सद्भावना मात्रै हो कि ? कुनै अफिसियल या कुनै विजनेश लाइक हो कि ? त्यस सम्बन्धमा हामिलाई जानकारी छैन । प्रमुख प्रतिपक्षलाई यस सम्बन्धमा कुनै जानकारी गराइएको छैन । यो विषय पनि मैले सदनमा रेकर्ड गराउन चाहान्छु उहाँले भन्नुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे