
काठमाडौंका मेयरका उम्मेदवार केशव स्थापितको अभिव्यक्तप्रति महिला मानवअधिकार संघ संस्थाहरूले आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन् ।काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रमहरूमा दिएको अभिव्यक्तप्रति महिला मानवअधिकार संघ संस्थाहरूले आपत्ति जनाएका छन् ।उनले महिलालाई होच्याउने र चरित्र हत्या गर्ने जस्ता दिएका असंवेदनशील अभिव्यक्तिप्रति ओरेक, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल लगायत अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
स्थापितको अभिव्यक्ति संविधानमा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, स्वतन्त्रताको हक, समानताको हक, शोषणविरूद्धको हक र सामाजिक न्यायको हकविरूद्ध भएको अधिकारवादी संघसंस्थाले बताएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे