
काठमाडौँ, १ असार। विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्ताबेज सार्वजनिक भएको भन्दै सोप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
९ वटा कम्युनिस्ट पार्टीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपालले एमसिसी संसदबाट अनुमोदन गरेपछि नेपालमाथि अमेरिकाको हस्तक्षेप बढेको ठहर गरको हो ।
एसपीपी हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग भएको ९ पार्टीले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।
गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी अमेरिका भ्रमणमा एसपीपीलगायत विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढेको छ , विज्ञप्तिमा भर्निको छ ।
नेपालमा एमसिसि सम्झौता पारित गरिएको घोषणा पछि नेपालमा अमेरीकाको हस्तक्षेप एकाएक बढेको उनीहरुको ठहर छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे