
काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् ।
बिहीबार राति अबेर सकिएको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेसहितका उम्मेदवारलाई पराजित गर्दै बालेन निर्वाचित भएका हुन् ।
साहले ६१ हजार ७६७ मत ल्याउँदै मेयरमा निर्वाचित भए ।
साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत पाउनुभयो । त्यस्तै, स्वतन्त्र उमेदवार सुमन सायमीले १३ हजार ७७० ल्याउदाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार मदन दास श्रेष्ठले ५हजार ७७० भोट ल्याउन सफल भए ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भइन । उहाँले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे