
एजेन्सी । संयुक्त राज्य अमेरिकामा आएको आँधीले कम्तिमा २१ जनाको ज्यान लिएको छ। मिसाउरी राज्यमा १२ जनाको मृत्यु भएको छ, जहाँ घरहरू हल्लिएका र कारहरू पल्टिएका थिए। टेक्ससमा धुलो आँधीका कारण तीन जनाको ज्यान गएको छ। त्यस्तै, इलिनियोस र अन्य दक्षिण-पूर्वी राज्यहरूमा भारी आँधीका कारण बिजुलीको लाइन अवरुद्ध भएका छन्। ती क्षेत्रमा अझै कठिन मौसमको पूर्वानुमान गरिएको छ।
मिसिसिपी, लाउसानिया र टिनेजमा आँधीको जोखिम बढेको छ। साथै, अलाबामा र अर्कान्सासमा ठुलो बाढी आउने सम्भावना छ, जसले जनजीवनलाई थप कष्टकर बनाउने चेतावनी दिइएको छ। अर्कान्सासमा तीन जनाको मृत्यु र २९ जना घाइते भएका छन्। ओक्लाहोमामा पनि एक जनाले ज्यान गुमाएका छन्।
पूर्वी प्लेन्स राज्यहरूमा तीव्र हावा र धुलो आँधीले कान्सास, टेक्सास र ओक्लाहोमामा ठूलो क्षति पुर्याएको छ, जसका कारण दर्जनौं मानिसहरूको मृत्यु भएको छ। राष्ट्रिय मौसम विभागले हालका स्थितिलाई अत्यन्त खतरनाक र अनियन्त्रित रहेको चेतावनी दिएको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे