
काठमाडौँ, ११ माघ । संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत आचार्यको आज बुधबार विहान निधन भएको हो ।
शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा शरीरको ८० प्रतिशत भाग जलेको थियो । उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
देशमा गरिखाने अवस्था नभएकोले भन्दै मंगलबार शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनलाई तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे