
नवलपुर — पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड बिहीबार बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घिउखोलाको उकालोमा सिमसिमे वर्षाका कारण बाटो चिप्लिएपछि सवारीसाधन उक्लिन नसक्दा यातायात एकतर्फी सञ्चालन गरिएको नवलपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार सो क्षेत्रमा सडक विस्तारको काम भइरहेकाले बिहान ७ः३० बजेदेखि समस्या थपिएको हो । लगातारको वर्षाले बाटो हिलो र फिसलनयुक्त बनेपछि मालबाहक सवारीसाधन गुड्न नसकेको बताइएको छ । तर नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने बाहेक अन्य भागमा भने यातायात सहज रूपमा चलिरहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे