
काठमाडौं । नेपाल सीएसआर मिटीङ २०२४ पुस १२ गते काठमाडौंस्थित हायात रिजेन्सीमा “दीगो नेपालको लागि साझेदारी” भन्ने मुख्य विषयवस्तुमा सम्पन्न भएको छ।
डाबर नेपालको तर्फबाट औषधीय बिरुवा तथा जैविक स्रोत विभागका प्रमुख अरविन्द राणाले “द ट्रिपल बटम लाइन इन नेपाल: ब्यालेन्सिङ पिपल, प्लानेट, एन्ड प्रॉफिट” शीर्षकको प्यानल छलफलमा सहभागिता जनाएका थिए। उक्त छलफलमा बैंकिङ, वित्त, गैरसरकारी संस्था (INGO) र निजी लगानी क्षेत्रका विशिष्ट प्रतिनिधिहरूसँग उहाँले मञ्च साझा गर्नुभएको थियो।
छलफलमा सामाजिक उत्तरदायित्व (सीएसआर) ले मानिस, वातावरण (प्लानेट) र आर्थिक लाभलाई सन्तुलनमा राख्दै सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने भूमिकालाई विशेष महत्व दिइएको थियो। राणाले डाबरनेपालको दीगो विकास र जैविक विविधता संरक्षणतर्फ केन्द्रित प्रयासहरूको चर्चा गर्दै यी पहलहरूले “ट्रिपल बटम लाइन” का सबै तीन आयाममा सन्तुलित प्रगति कसरी सम्भव भएको छ भन्ने जानकारी गराएका थिए।
डाबर नेपालले हरित, समावेशी र दीगो भविष्य निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे