
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले प्रधानमन्त्री सुशीला कार्कीको नाममा खोलिएका नक्कली सामाजिक सञ्जाल खातामाथि अनुसन्धान सुरु गरेको छ।
कार्कीको नाममा फेसबुकसहित विभिन्न फेक आईडी खोली सूचनाहरू प्रवाह भएपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गरी ती अकाउन्ट नक्कली भएको स्पष्ट पारेको थियो। त्यसलगत्तै साइबर ब्युरोले उक्त गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।
प्रहरीका अनुसार हालसम्म प्रधानमन्त्रीको नाममा २६ भन्दा बढी नक्कली आईडी फेला परेका छन्। ती खाताहरू बन्द गराउन सम्बन्धित कम्पनीलाई पत्राचार समेत गरिएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे