
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको “संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मार्गदर्शन, २०८१” मा प्रथम संशोधन गर्दै जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारलाई विशेष सहयोग उपलब्ध गराउने प्रावधान थप गरेको छ।
संशोधित मार्गदर्शन अनुसार, जेनजी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचार खर्च सीएसआरमार्फत उपलब्ध गराइनेछ। यस खर्च अस्पताललाई नै उपलब्ध गराइने भएकाले बिरामीले दोहोरो हिसाबमा रकम माग्नु नपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका प्रत्यक्ष रोजगारी नभएका परिवारका सदस्यलाई आत्मनिर्भर बनाउन सरकार वा सरकारद्वारा स्वीकृत तालिम प्रदायक संस्थामार्फत सीपमूलक तालिम प्रदान गरिनेछ। तालिम सञ्चालन गर्ने संस्थालाई आवश्यक खर्च सीएसआरमार्फत उपलब्ध गराइने प्रावधान मार्गदर्शनमा समावेश गरिएको छ।
राष्ट्र बैंकले यस प्रावधानलाई बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउन, शहीद परिवारलाई आत्मनिर्भर बनाउन र विपन्न नागरिकलाई उपचार सहज बनाउन उद्देश्य राखेको जनाएको छ।
सरकारले सामाजिक न्याय, समान अवसर र समावेशी विकासलाई प्रोत्साहित गर्ने नीति अनुरूप सीएसआरलाई नागरिकमुखी बनाउन यस्तो संशोधन गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे