
काठमाडौँ ,२० भाद्र | वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको अवधि नयाँ निर्वाचन पछिसम्म पनि लम्ब्याउने सरकारको निर्णयको चौतर्फी आलोचना पछि सरकार पछि हटेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पद त्यागी सकेका छन् । साथै आफूले पाउने तलव, भत्ता तथा सुविधाहरुको समेत रोक्का गर्न संसद सचिवालयलाई आग्रह समेत गरेका छन् । पेश गरेको विधेयक प्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधेयकप्रति आपत्ति जनाएको थियो ।
संसदको आयु मंसिर ४ गतेको निर्वाचनपछि पनि कायम राख्नेगरी प्रक्रिया अघि बढाएको थियो ।निर्वाचनको मुखमै बदनाम हुने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विधेयक रोक्न कानूनमन्त्री गोविन्दप्रसाद कोइरालालाई निर्देशन समेत दिएका छन् ।
स्रोतका अनुसार कार्यकाल लम्ब्याउने प्रावधानले विवाद बढाउने भन्दै प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधेयक अघि नबढाउने सहमति जनाएका हुन ।सरकारको यो निर्णय सँगै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल मात्र अब १३ दिन बाँकी छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे