
काठमाडौँ, १० फागुन । आईसीसी यू–१९ क्रिकेट विश्वकपको एसिया छनोट २०२३ खेल्न यूएई जाने नेपाली युवा क्रिकेट टिमलाई बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा एक कार्यक्रमकाबीच टोलीको विदाई गरेको हो ।
क्यानले मंगलबार यू–१९ नेपाली टिमको कप्तानी जिम्मेवारी देव खनाललाई दिएको छ । त्यसअघि, पोखरामा बसेको क्यानको बोर्ड बैठकले गुल्सनलाई यू–१९ टिमको कप्तानी जिम्मेवारी सुम्पिएको थियो । तर, गुल्सन यूएईमै हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका लागि सिनियर राष्ट्रिय टिमबाट खेल्ने भएपछि क्यानले देवलाई युवा टिमको कप्तानी जिम्मेवारी दिएको हो । क्यानले गुल्सनको स्थानमा आकाश चन्दलाई यू–१९ टिममा पारेको छ ।
छनोटमा नेपालसँगै सिङ्गापुर, हङकङ, मलेसिया, कुवेत र यूएई छन् ।
नेपालले शुक्रबार सिङ्गापुरविरुद्ध खेल्नेछ, शनिबार कुवेतसँग, सोमबार हङकङसँग, मंगलबार मलेसियासँग र बिहीबार घरेलु टिम यूएईसँग खेल्ने तालिका रहेको छ ।
छनोटको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा हुने यू–१९ एकदिवसीय क्रिकेट विश्वकपमा स्थान बनाउने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे