
काठमाडौँ , ६ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी बैठकको निष्कर्ष पछि पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टीको स्थायी कमिटी बैठक आज पार्टी केन्द्रीय कार्यालयमा जारी छ।
पोलिटब्युरो बैठक ७ गते पार्टी कार्यालयमा आयोजना गरिनेछ भने केन्द्रीय कमिटी बैठक ८ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बस्ने महासचिव घनश्याम भूसालले जानकारी दिए । स्थायी कमिटी बैठक सकिएपछि एकै दिनको फरकमा पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक राखिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे