
काठमाडौँ, कात्तिक ३० । नेकपा ९एमाले०ले मङ्सिर ७ गते काठमाडौँको भृकुटी मण्डपमा हुने जागरसभाको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ ।एमाले महासचिव शङ्कर पोखरेलको उपस्थितिमा आज शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बृहत् पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको आयोजनामा एमालेले जागरण सभा गर्न लागेको हो ।
चालन गर्ने तयारी गरेको छ ।
सभालाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने तयारी छ । एमालेले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले मङ्सिर ७ गते जागरण सभा गर्दै छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे