
काठमाडौँ, २० चैत । बैशाख १० मा हुन गईरहको उपनिर्वाचनमा नेकपा एमालेले बारा– २ का लागि उम्मेदवार टुंगो लगाएको छ ।
एमालेले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेललाई बारा– २ मा उम्मेदवार बनाउने निर्णय भएको नेता विष्णु रिजालले पुष्टि गरे ।
पौडेल ०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका थिए । २०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए ।
त्यस्तै, पार्टीले यसअघि नै चितवन– २ मा रामप्रसाद न्यौपाने र तनहुँ–१ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरीसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे