
धनगढी, २१ फागुन । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत नदिने ािर्णय गरेको हो ।
नेकपा एमाले सुदुरपश्चिमले आज दिउँसो १ बजे बस्ने प्रदेशसभामा प्रस्तुत हुने विस्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
२६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
सोही दिन सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेस सुदुरपश्चिमका संसदीय दलका नेता समेत रहेका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
शाहले आज आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।
सत्तारुढ गठबन्धनकै प्रमुख घटक माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमती नभएको अवस्थामा विश्वासको मत नसकिने निर्णय नै गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे