
काठमाडौं, साउन २७ – नेकपा एकीकृत समाजवादीले आफ्ना नेता र कार्यकर्तालाई पार्टीविरुद्ध टिप्पणी नगर्न चेतावनी दिएको छ।
पार्टीले सामाजिक सञ्जालमा पार्टीको निर्णय र गतिविधिलाई लिएर टीकाटिप्पणी गर्नु गलत भएको भन्दै यस्तो नगर्न निर्देशन दिएको हो। केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले सबैलाई पार्टी अनुशासन पालन गर्न र सार्वजनिक रूपमा आलोचना नगर्न आग्रह गरेका छन्।
उनले यदि कसैसँग कुनै सुझाव वा फरक मत छ भने त्यो आफूसँग सम्बन्धित कमिटीको बैठकमा राख्न भनेका छन्। पार्टीको नियम विपरीत बोलेमा कारबाही हुन सक्ने संकेत पनि गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे