
काठमाडौँ , मङ्सिर २० । नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको आज बिहान बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको हो । आजको बैठकबाट आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष अग्नि सापकोटाले कीर्तिपुरमा हारे पनि जितकै रूपमा लिएर पार्टी कार्यकर्ता उत्साहित भएको बताए । सापकोटाले भने , ‘अबको सबै तयारी भनेको २०८४ को चुनाव जित्नका लागि हो । अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजान्छौं, हामी बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।’ मंसिर १६ मा ४१ ठाउँमा भएको उपनिर्वाचनमा माओवादीले ११ स्थानमा जितेको थियो। पहिले ८ ठाउँ जितेको माओवादीले अहिले ११ ठाउँ जितेकामा खुसी व्यक्त गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे