
काठमाडौँ ।नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई बधाई तथा शुभकामना प्रदान गर्न एनएमबी बैंकका अध्यक्ष श्री मनोज गोयलको नेतृत्वमा सञ्चालक समिति सदस्यहरू, एफएमओ (FMO) का प्रतिनिधिहरू र एनएमबी बैंकको टोलीले भेट गरेको छ।
उक्त अवसरमा अध्यक्ष गोयल र टोलीले गभर्नर पौडेलको सफल कार्यकालको कामना गर्दै मुलुकको वित्तीय क्षेत्रको सुदृढता र स्थिरताका लागि नेपाल राष्ट्र बैंकसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
यस शिष्टाचार भेटमा बैंकका वरिष्ठ पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे