
काठमाडौँ, १ फागुन। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच शिष्टाचारिक भेटवार्ता भएको छ। भेटमा, शिक्षामन्त्री भट्टराईले समकक्षता सम्बन्धी समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने र विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्ने बताइन्।
मन्त्री भट्टराईले नेपालको शिक्षाक्षेत्रमा सहयोग पुर्याउने इच्छाशक्ति व्यक्त गर्दै राजदूतको टोलीलाई शिष्टाचार भेटका लागि धन्यवाद दिइन्। सो भेटमा, राजदूत फेनले नेपालको शिक्षाक्षेत्रमा बेलायत सरकारको तर्फबाट गर्न सकिने सहयोग, बेलायतमा अध्ययन गरेर नेपाल फर्किएका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिनुपर्ने प्रक्रिया र यसमा देखिएका जटिलतासम्बन्धी चासो व्यक्त गरे।
नेपालको उत्पादनशील जनशक्तिलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै रोजगारमूलक बनाउने, तथा नेपालका अर्थतन्त्रमा डायस्पोराको योगदान सुनिश्चित गर्ने विषयमा पनि उनले विचार व्यक्त गरे। यस भेटमा ब्रिटिश काउन्सिलका कन्ट्री डाइरेक्टर रष्टम मोडीसहित अन्य कूटनैतिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे