
काठमाडौँ ,४ पुस | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका लागि सबै चिज दाउमा नलगाउने बताएका छन् । भरतपुरमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले राष्ट्रपतिले दिएको सात दिनको समयभित्र गठबन्धनभित्र सत्ता साझेदारी टुंगो लगाउन छलफल तीव्र बनाएको र साताभित्रै देशले नयाँ प्रधानमन्त्री पाउँने दाबी समेत गरे ।
नेकपा (एमाले)सँग मिलेर सरकार बनाउने कुरा बाहिर आए जस्तो कुनै सत्यता नभएको र अहिलेसम्म गठबन्धन दलबीच व्यक्तिकेन्द्रित छलफल नभएको दाहालले दाबी गरे ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख लगायतका पदहरुमा सहमति खोज्न हामी लागी परिरहेको उनले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस ३ गते सात दिनको समय दिएकी छिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे