
एजेन्सी । भारतमा कोरोना भाइरस (COVID-19) को संक्रमण फेरि बढ्दै गरेको छ। पछिल्ला २४ घण्टामा देशभर २,८३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, हाल दैनिक संक्रमण दर ०.२% रहेको छ।
यसअघि कोरोनाको नयाँ सब-भेरियन्ट JN.1 ले चिन्ता बढाएपछि भारत सरकारले स्वास्थ्य व्यवस्थामा सतर्कता बढाएको थियो। महाराष्ट्र, केरला, कर्नाटक, तमिलनाडु र दिल्लीमा संक्रमण धेरै पाइएको छ। स्वास्थ्य विशेषज्ञहरूले मास्क लगाउने, सरसफाई र सामाजिक दूरी पालना गर्न आग्रह गरेका छन्।
भारत सरकारले अस्पतालहरूमा ICU र भेन्टिलेटरको व्यवस्था जाँच गरेको छ। केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले राज्यहरूलाई कोरोना परीक्षण, टेलिमेडिसिन र भ्याक्सिन प्रबर्धनमा ध्यान दिन निर्देशन दिएका छन्।
विश्व स्वास्थ्य संगठन (WHO) ले पनि कोरोनाको नयाँ भेरियन्टमा सचेत रहन अपील गरेको छ। अहिलेसम्म भारतमा कोरोनाबाट ५ लाख ३३ हजार भन्दा बढी मृत्यु भइसकेको छ। स्वास्थ्य विभागले नागरिकहरूलाई सतर्क रहन अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे