
काठमाडौँ, १२ श्रावण । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार २५ जनामा गरिएको परिक्षण्बाट थप ७१० जनामा संक्रमण देखिएको हो ।मन्त्रालयका अनुसार २ हजार ५४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २४ जना र २ हजार ४८४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २७ हजार ५९४ पुगेको छ ।
यसअवधिमा २१५ जनाले कोरोना संक्रमणमुक्त भएका छन् । देशभर योअवधिसम्म ९ लाख ६९ हजार २१९ जनाले कोरोनालाई जितेका छन् ।देशभर हालसम्म ४ हजार २३६ जना सक्रिय संक्रमित रहेका छन् ।
२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मुत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९६२ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।२४ घण्टामा ५९ हजार ४७१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे