
काठमाडौँ १५ साउन |आज नेपालमा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।
२ हजार ६ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ जना र ३ हजार १ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २४ जनामा संक्रमण देखिएको छ ।नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ र संक्रमणमुक्तको संख्या २९७ पुगेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे