
काठमाडौँ, १४ श्रावण । पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ६९९ जनमा गरिएको परिक्षणबाट थप ४३८ जनामा संक्रमण देखिएको हो ।
यसअवधिमा थप २७७ जनाले कोरोनालाई जितेका छन् । योसहित देशभर हालसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६९ हजार ७६५ पुगेको छ ।
२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मुत्यु भएको छ । योसहित देशभर हालसम्म कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ११ हजार ९६६ पुगेको छ ।
देशभर ४ हजार ३६९ सक्रिय संक्रमित रहेको छ ।
२४ घण्टामा थप ५८ हजार ५६९ जनाले कोभिड–१९ बिरुद्धको खोप लगाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे