
काठमाडौं – नेपाली प्रिमियर लिग २०२४ को समापनसँगै, खेल र शिक्षा बीचको सशक्त समन्वयको उदाहरण प्रस्तुत गरिएको छ। यस सिजनमा, क्रिकेटका प्रत्येक चौकाले खेल मैदानमा अंक मात्रै जित्न भूमिका निभाएको छैन, बरु यसले सामुदायिक विद्यालयका २,६१२ विद्यार्थीहरूलाई शैक्षिक किट प्रदान गर्न सहयोग पुर्याएको छ।
Ncell फाउन्डेशनले सामुदायिक विद्यालयका विद्यार्थीहरूको शैक्षिक उन्नति र भविष्य निर्माणमा योगदान पुर्याउने महत्त्वपूर्ण पहल गरेको छ। यस पहलले क्रिकेटको माध्यमबाट शिक्षा र अवसरको पहुँच विस्तार गर्न मद्दत पुर्याएको छ। प्रत्येक चौकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूको लागि नयाँ अवसर र शिक्षा ल्याउने काम गरेको फाउन्डेशनका अधिकारीहरूले बताएका छन्।
८ वटा टोली र खेलाडीहरूको योगदानको प्रशंसा गर्दै, Ncell फाउन्डेशनले भविष्यमा शैक्षिक किटहरूको वितरण र शिक्षा सम्बन्धी अन्य पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यस साझेदारीले समाजमा सकारात्मक प्रभाव पार्ने र शिक्षा क्षेत्रमा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे