
काठमाडौँ ।नेपाल विज्ञापन संघका अध्यक्ष श्री सुदिप थापाको नेतृत्वमा संघको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको एक टोलीले हालै पुन: विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त हुनुभएका श्री लक्ष्मण हुमागाईंलाई बोर्ड कार्यालय पुगेर हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
यो अवसरमा दुबै पक्षका अध्यक्षहरूले विज्ञापन उद्योग र विज्ञापन बोर्ड परस्पर परिपूरक संस्था भएकाले आपसी सौहार्दता र समन्वय कायम गर्दै मुलुकको विज्ञापन उद्योगलाई अझै परिष्कृत र समृद्ध बनाउन साझा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसरी नेपाल विज्ञापन संघ र विज्ञापन बोर्डबीचको सहकार्यले विज्ञापन क्षेत्रमा व्यावसायिकता र गुणस्तर वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे